बिबाह भोज खाएका एकै घरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु

deth

वैशाख ३१, बागलुङ,

कोरोनाले यहाँका एकैघरका तीन जनाको मृत्यु भएको छ । विवाह भोजपछि बिरामी परेका बडिगाड गाउँपालिका–४ का उनीहरूको एक साताको अवधिमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा ८७ वर्षीय बाबु तथा ५१ वर्षीय र ४० वर्षीय दुई छोरा छन् । बाबु र ५१ वर्षीय छोराको पोखरा र ४० वर्षीय छोराको धौलागिरि अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

साताअघि हेलिकोप्टरबाट उपचारका लागि पोखरा लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । बडिगाड–४ मा अझै धेरै बिरामी छन् । सामान्य भएकाहरू घरमै बसेका छन् भने जटिल समस्या भएका केही धौलागिरि अस्पताल भर्ना भएका छन् ।