ओलम्पिकमा नेपाली पौडीबाज गौरिकाको औसत प्रदर्शन

gaurika-singh1

साउन १३, कास्की,

जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपाली पौडीबाज गौरिका सिंहले औसत प्रदर्शन गरेकी छन् ।
टोकियो एक्वेटिक सेन्टरमा बुधबार भएको १ सय मिटर फ्रिस्टाइलमा सिंहले निर्धारित दूरी १ मिनेट ११ मिलिसेकेन्डमा पूरा गरेकी हुन् । उनी ४ खेलाडी सम्मिलित हिटमा तेस्रो भइन् । योसंगै सिंहको ओलम्पिक यात्रा हिट चरणमा नै सकिएको छ ।
यसअघि उनले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने क्रममा ५८.१३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै राष्ट्रिय कीर्तिमान राखेकी थिइन् ।