जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेका खोप दिने

astra-zeneka

असार २९, काठमाण्डौ

जापान सरकारले नेपाललाई १६ लाख डोज कोरोना विरुद्धको खोप दिने भएको छ । जापानी विदेश मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा विदेशमन्त्री तोसिमित्सु मोतेजीले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत एस्ट्राजेनेका कम्पनीको १६ लाख डोज खोप दिने बताउनुभएको छ ।

यो खोपमध्ये अगष्टसम्म नेपाल आइपुग्ने नेपालमा रहेको जापानी दूतावासले जनाएको छ । कोभिसिल्डको पहिलो डोज लगाइसकेकाहरुलाई एस्ट्राजेनेकाको दोस्रो डोज दिन सकिने दूतावासले जनाएको छ ।