निर्वाचन आयोगद्धारा तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४१ दलको दर्ता खारेज

nirbachan

साउन १९, काठमाण्डौ,

निर्वाचन आयोगले ४१ दलको दर्ता खारेज गरिदिएको छ । निर्वाचन आयोगको आज मङ्गलवारको बैठकले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने विभिन्न ४१ राजनीतिक दलको दर्ता खारेज गरेको हो ।

खारेज भएका राजनीतिक दलहरूको नाम, झण्डा, चिह्न दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने गरी आयोगबाट निर्णय भएको छ ।

यसरी विभिन्न ४१ दलको दर्ता खारेज भएपछि आयोगमा एक सय ३६ वटा दल दर्ता रहेकोमा ९५ वटा दलको मात्र दर्ता कायम रहन पुगेको छ । दल दर्ता खारेज भएका ४१ राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यहरूको नाम नामेसी सहितको विवरण छुट्टा–छुट्टै तयार गरी प्रत्येक राजनीतिक दललाई तोकिएको जरिबाना रकम पचास हजार रुपैयाँ असुल गर्ने पनि आयोगले निर्णय गरेको छ ।