कास्कीमा खुकुलो निषेधाज्ञा भदौ ३ गतेसम्म लम्बियो (विज्ञप्तिसहित)

nisedh

साउन २७, कास्की,

कास्कीमा भदौ ३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।

कास्की प्रशासनले कोभिड १९ को संक्रमणदर र मृत्युदर बढ्दै गएकोले यसअघि साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई भदौ ३ गतेसम्म निरन्तरता दिएको जनाएको छ ।
बजार हल्ला जस्तो निषेधाज्ञामा कडाई गरिएको छैन ।
यस अघि स्थिति अपेक्षाकृत नियन्त्रणमा आइनसकेको भन्दै विभिन्न सेवा खुकुलो पारेर निषेधाज्ञाको अवधि साउन २७ गतेसम्म थप गरिएको थियो ।

निषेधाज्ञामा कास्की जिल्लामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाइएको छ भने लामो दुरीका सवारी साधन सम्बन्धित संघ सस्थाको सिफारिशको आधारमा जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरि संचालन गर्न पाइनेछ । पसलहरु खोल्ने समय विहान ५ बजेदेखि साँझ ८ बजेसम्म नै तय गरिएको छ भने भौतिक दुरि कायम गर्न र सावधानि अपनाएर स्वास्थ्यमापदण्ड पालना गरि कार्य गर्न प्रशासने अनुरोध गरेको छ ।