गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमानसिंह गुरुङ नियुक्त,शेरचनलाई लुम्बिनिको जिम्मेवारि

rastapati 1

साउन १३, कास्की,

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव पदमुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले गण्डकी प्रदेश प्रमुख पौडेल र लुम्बिनी प्रदेश प्रमुख यादवलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष प्रस्ताव गरेको थियो ।

त्यही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले पौडेल र यादवलाई पदमुक्त गर्नुभएको हो । राष्ट्रपति भण्डारीले संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम पौडेल र यादवलाई पदमुक्त गर्नुभएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ ।

यी दुवै प्रदेशमा केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्ला प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त गरेको थियो । अब गण्डकीको प्रदेश प्रमुखमा पृथ्वीमानसिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।


पृथ्वीमानसिंह गुरुङ

अमिक शेरचन

यसैबिच, सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्ने तयारि गरेको छ । संविधान निर्माणसँगै प्रदेश संरचना बनेपछि तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेको थियो । प्रतिनिधिसभा निर्वाचनपछि केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि उहाँले त्यतिबेलाका सातैजना प्रदेश प्रमुख फेर्नुभएको थियो ।

ओली नेतृत्वको सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख हटाएर गठबन्धनका तर्फबाट भागबण्डामा नियुक्त गर्ने शीर्ष नेताहरूबीच सहमति भएको छ ।
गठबन्धनका नेताहरूबीच सातमध्ये कांग्रेसले २, माओवादीले २, एमालेको माधव नेपाल पक्षले २ र जसपाले एकजना प्रदेश प्रमुख पाउने समझदारी बनेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।