नेलम्बोद्वारा अपाङग संघ गण्डकीलाई सहयोग

nelambo help

जेठ २७, कास्की,

नेलम्बो नेपालले राष्ट्रिय अपाङग संघ नेपाल गण्डकी प्रदेशलाई खाद्य राहत सहयोग गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको विषम परिस्थितिमा जारी निषेधाज्ञाका कारण दैनिक जीवन यापनमा कठिनाइ हुने अति अपाङगता भएका अति विपन्न ९० परिवारको लागि खाद्य राहत उपलब्ध गराइएको हो ।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा तथा कार्यक्रम संयोजक डा।किसन कोइरालाले राष्ट्रिय अपाङग संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मालाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।

जसअनुसार एक प्याकेट भित्र २५ केजीको १ बोरा चामल, नुन २ केजी, दाल १ केजी, चना १ केजी, १ केजी चिनी, १ लिटर तेल, मसला, चियापत्ती, जिरा लगायतका सामग्री रहेका छन् ।

सामाग्री हस्तान्तरण गर्दै नेलम्बोका अध्यक्ष देवकोटाले प्रदान गरिएका खाद्य सामग्री पारदर्शी रुपमा ११ वटै जिल्लाका अति विपन्न परिवारलाई पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेलम्बो नेपालले विपन्न वर्गलाई लक्षित गरि कार्यक्रम संचालन गर्दै आएको स्पष्ट पार्दै अपाङगता भएका अति विपन्न परिवारले राहात सामग्री पाउने हुदाँ आफुहरु सन्तुष्ट रहेको पनि बताउनुभयो ।

सामग्री ग्रहण गर्दै अपाङग संघका प्रदेश अध्यक्ष शर्माले विभिन्न चरणमा गरी प्राप्त सामग्री प्रदेशका सबै जिल्लामा पु¥याउने प्रतिबद्घता व्यक्त गर्नुभयो । त्यस अवसरमा एकमुष्ठ रु।३ लाख दुई सय १९ वरावरको खाद्य सामग्री प्रदान गरिएको नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले जानकारी दिनुभयो ।