ओलीले पार्टिबाट निस्कासन गर्ने धम्कि दिएपनि यि सांसदले दिए देउवालाई विश्वासको मत

kp_sharma_oli

साउन ४, काठमाण्डौ,

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएमा पार्टिबाट निस्कासन गर्ने नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको धम्किको बाबजुत एमालेका २२ सांसदले विश्वासको मत दिएका छन्।

अझ ओली प्रधानमन्त्री हुँदा मन्त्री पद पाएका सांसदले समेत फ्लोर क्रस गरेर ओलीको धम्किलाई ठाडो चुनौति दिएका छन् ।

देउवालाई माधव नेपाल र केपी शर्मा ओली दुवै पक्षका सांसदले विश्वासको मत दिएका हुन् ।

देउवाको पक्षमा मतदान गर्ने एमाले सांसदहरूमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुङ्खे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, त्यस्तै ओलि सरकारका बन मन्त्री समेत रहनुभएका प्रेमबहादुर आले, सहित धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन रहनुभएको छ ।

नेपाल पक्षका मात्रै नभई आफ्नै पक्षका भनिएका समेत ओलिको उद्घोष विरुद्ध गएपछि नेकपा एमाले फुटेको औपचारिक घोषणा हुन मात्र बाँकि रहेको राजनितिक विश्लेषकहरुले बताएका छन् ।