विश्वमा कहाँ कति संक्रमित : कोरोना अपडेट

corona-9

बैशाख २७, एजेन्सी

भारतमा अन्य दिनको तुलनामा संक्रमणदरमा कमि आएको छ ।पछिल्लो २४ घण्टामा ससाढे ३ लाख भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि दैनिक ४ लाख बढि संक्रमित थपिँदै आएका थिए ।
ओल्डोमिटरको तथ्यांकअनुसार यो अवधिमा ३ लाख ६६ हजारभन्दा धेरै संक्रमित थपिँदा ३ हजार ७ सय ४८ जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ३४ हजार, अमेरिकामा २२ हजार २ सय, कोलम्बियामा १७ हजार २ सय तथा टर्कीमा १५ हजार भन्दा बढी संक्रमित थपिएका छन् ।
यो अवधिमा ब्राजिलमा ९ सय ३४, कोलम्बियामा ४ सय ९५, इरानमा ३ सय ८६ तथा रसियामा ३ सय ३४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर साढे ६ लाख कोरोना संक्रमित थपिँदा ९ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ ।