साउन २८, कास्की,
कास्कीको पोखरामा जुवातास खेलाउने र खेल्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरामहानगरपालिका १० उत्तमचोकस्थित बत्तीसचर्च पछाडि ईश्वरी पौडेलको घरको फ्ल्याट भाडामा लिई बस्ने सरु गुरुङसहित १३ जनालाई ३ लाख ५१ हजार ५४० रुपैया नगद र तास सहित बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुका विरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको वडा प्रहरी कार्यालय रामबजार कास्कीले जानकारी दिएको छ ।