पोखरामा आजदेखि ५० देखि ५४ वर्ष उमेर समुहलाई जोन्सन एण्ड जोन्सन खोप लगाइँदै

vaccine-johnson-and-johnson

साउन ४, कास्की,


कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत पोखरामा आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप लगाईँदै छ । यो खोप एक पटक लगाए मात्रै लगाए पुग्ने बताईएको छ ।
प्रदेश स्वास्थ्य मन्त्रालय गण्डकीका प्रवक्ता खिम खड्काका अनुसार विभिन्न कारणले शनिबार र आईतबारको खोप कार्यक्रम स्थगित भएपनि सोमबार (आज) ५० देखि ५४ वर्ष उमेर समुहलाई जोन्सन एण्ड जोन्सन खोप दिईने भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले साउन आज, भोलि र पर्सि ६ गतेसम्म जोन्सन एण्ड जोन्सनको खोप दिईन लागेको बताउनुभएको छ । उहाँले यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइँने जानकारी दिनुभएको छ ।
आज बिहान १० बजेदेखि देशका विभिन्न स्थानहरुमा खोप अभियान शुरु हुने सहप्रवक्ता डाक्टर अधिकारीले बताउनुभएको छ ।
यसअघि आवश्यक मात्रामा खोप नआईपुगेको भन्दै शनिबार र सरकारले तोकेको उमेर समुहले खोप नपाएको भन्दै आईतबार पनि स्वास्थ्य तथा जसंख्या मन्त्रालयको आदेशमा पोखरामा खोप कार्यक्रम स्थगित गरिएको थियो ।