गठबन्धनबीच मन्त्रालय भागबन्डामा सहमति : मन्त्री छान्न सकस

sattarud-gathabandhan

साउन १५, काठमाण्डौ,

सरकार गठन भएको दुई सातापछि सत्तारुढ गठबन्धनबीच मन्त्रालय भागबन्डामा सहमति जुटेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओबादी केन्द्र र जनता समाजबादी पार्टीभित्र मन्त्रालय भागबन्डामा सहमति जुटेको हो ।

सरकारको नेतृत्व गरेको कांग्रेसले ८, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले ७ ७ वटा मन्त्रालय लिने सहमति गरेका छन् । मन्त्रालय भागबन्डा गरेसँगै तीन दलका शीर्ष नेताहरु मन्त्री छनोट गर्न जुटेका छन् ।

मन्त्री बन्ने आकांक्षी धेरै भएपछि गठबन्धनमा आबद्ध दललाई मन्त्री छनोट गर्न निकै सकस बन्दै गएको छ । बिहीबार बसेको गठबन्धनको बैठकमा नेपाल समूहलाई सरकारी तथा संबैधानकि नियुक्तिमा अधिकतम अवसर दिने गरी कांग्रेस, माओवादी र जसपाबीच समझदारी भएको छ ।