पोखराको मणिपाल शिक्षण अस्पताललाई ह्वीलचियर हस्तान्तरण

manipal help

रासस,
साउन ८, कास्की,

मणिपाल शिक्षण अस्पतालमा ह्वीलचियरको आवश्यकता महसुस गर्दै पोखराका दुई सर्वसाधारण परिवारले ह्वीलचियर सहयोग गरेका छन् । विगतमा आप्mनो अस्पताल बसाईको अनुभवका आधारमा पोखरा महानगरपालिका वडा नं. १७ का उर्मिला खड्क र १५ बस्ने सावित्री खड्काले आप्mनी आमा हिमादेवी खड्काको स्मृतिमा एक थान ह्वीलचियर सहयोग गर्नुभएको हो ।

त्यस्तै पोखरा १५ का सुदिक्षा र नारायणी कुवरले आप्mना बुबा इन्द्र कुवरको स्मृतिमा एक ह्वीलचियर सहयोग गर्नुभयो । दुवै जनाको सोही अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उहाँहरुले मणिपाल शिक्षण अस्पतालका डिन डा.डिसी अग्रवाललाई ह्वीलचियर सामूहिक रुपमा हस्तान्तरण गर्नुभएको हो ।

अस्पतालका प्रशासन प्रमुख भानु भारद्धाजले मणिपाल अस्पताल पैसाका लागि मात्र नभई सेवाका भावनाले स्थापित भएको बताउँदै यहाँ उत्पादित चिकित्सा क्षेत्रका जनशक्ति विश्वका विभिन्न स्थानमा आफुलाई स्थापित गर्न सकेको धारणा राख्नुभयो ।
समारोहमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले कोरोना भाइरसले स्वास्थ्य संस्थाहरुको महत्व एवम् प्रभावकारीताबारे पुष्टी गरेको बताउनुभयो ।

सहयोगकर्ता उर्मिला खड्काले अस्पतालको सेवा सुविधा अत्यन्त राम्रो रहेको बताउँदै आफुहरुले गरेको सहयोग अस्पतालका लागि सानो भएपनि आवश्यकताको हिसावले महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
अस्पतालका डारेक्टर डा. विके तनेजा र डो कृष्ण बाहागेङकर, अस्पतालका विभिन्न क्षेत्रका प्रमुखहरुको सहभागिता रहेको सो कार्यक्रम अस्पतालका लेखा अधिकृत राजेन्द्र पौडेलले सञ्चालन गर्नुभएको थियो ।
हरि बाँस्तोला