शेयर बजारमा नयाँ कीर्तिमान

nepse aaja

भदौ २, काठमाण्डौ,

नेपाली शेयर बजारमा आज फेरि नयाँ कीर्तिमान बनेको छ । नेप्से आज ३८ दशमलव २८ अङ्कले बढेर तीन हजार एक सय ९८ दशमलव ६० विन्दुमा पुगेको छ ।

यो नेप्से सूचकले कायम गरेको अहिलेसम्मकै उच्च विन्दु हो । यसअघि साउन २८ गते नेप्से सूचक तीन हजार एक सय ७८ दशमलव ९१ विन्दुमा पुगेर कीर्तिमान बनाएको थियो ।

आज बैंकिङ समूहको शेयर १६ अङ्कभन्दा धेरै, विकास बैंक समूहको शेयर तीन सय ३० अङ्कभन्दा धेरै, फाइनान्सको शेयर एक सय ४८ भन्दा धेरै, जीवन बीमा समूहको शेयर एक सय ५१ भन्दा धेरै अङ्कले बढेको छ । समग्र बजार बढे पनि आज व्यापार समूहको शेयर १५ अङ्कभन्दा धेरैले घटेको छ । आज दुई सय २८ कम्पनीका तीन करोड ६५ लाख कित्ता शेयर २१ अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ ।