गण्डकी प्रदेशका विभिन्न जिल्ला सहित देशैभर भारी वर्षाको सम्भावना कायमै : मौसमविद

barsa

असार ५, कास्की,

मनसुन सुरुभएसँगै लगातार भएको ठूलो वर्षा कम भएर राहत मिलेपनि कास्की सहित देशैभर अझै भारी वर्षाको सम्भावना कायमै रहेको छ । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाकि मौसमविद शान्ति कंडेलले बताउनुभयो ।

उहाँका अनुसार आइतबार गण्डकी प्रदेशका विभिन्न जिल्ला सँगै, प्रदेश १, लुम्बिनी र बाग्मती प्रदेशका धेरै जसो जिल्लाहरुमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

मौसमविद् कँडेलले भन्नुभयो ः “बिहानको समय धेरैजसो स्थानमा घाम लाग्छ, दिउँसो वा राति वर्षा हुने क्रम केही दिन रहन्छ । पूरै मौसम सुधार हुने छैन ।”

उहाँका अनुसार पश्चिमी भेगतर्फ मनसुनको न्यूनचापीय क्षेत्रको रेखा अझै नेपालतिर नै सोझिएकोले देशका केही भूभागमा भारी वर्षाको सम्भावना कायमै रहेको हो । अबको केही दिन घामलागेको केहिबेरमै पानि पर्न सुरुहुने र वर्षातको केहिसमयमै फेरि घाम लाग्न सक्ने कंडेलले बताउनुभयो ।

वर्षातको समय भएकोले खोला, नदि तथा तटिए क्षेत्रका वासिन्दाले विषेश सतर्कता अपनाउनु पर्ने साथै बाढि पहिरोको जोखिम रहेका स्थानबाट सुरक्षित स्थानमा गई रहन पनि मौसमविद कंडेलले सुझाव दिनुभएको छ । त्यस्तै सोमबार पनि देशका विभिन्न जिल्लाहरुमा वर्षाको सम्भावना रहेको महाशाखाले जारि गरेको बुलेटिनमा बताईएको छ । मनसुनजन्य विपद्मा परेर पछिल्लो एक सातामा १७ व्यक्तिको मृत्यु भएको छ भने २२ जना बेपत्ता रहेका छन् ।