गण्डकीका ४ जना सहित थप ५४ जनाको संक्रमणबाट मृत्यु

corona

बैशाख २३, पोखरा,

पछिल्लो २४ घण्टामा देशभरका ९ हजार ७० जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार आज परीक्षण गरिएकामध्ये ४४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख ६८ हजार पाँच सय ८० पुगेको छ ।

संक्रमणबाट पछिल्लो २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । योसँगै कूल मृतकको संख्या ३ हजार ५ सय २९ पुगेको छ । अहिले देशभर ७२ हजार पाँच सय ६१ जना सक्रिय सङ्क्रमित छन् ।

यसैबिच
कास्कीका थप २२१ जना सहित गण्डकी प्रदेशमा थप ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोभिड सम्बन्धी दैनिक विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ९ सय ४७ जनाको नमुना परीक्षण गरिएकोमा थप ४ सय ३३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आज पुष्टि भएकासंगै कास्कीमा कोरोना संक्रमित संख्या १० हजार ९ सय ५९ पुगेको छ भने, सक्रिय संक्रमित संख्या १ हजार ९ सय ४० रहेको छ ।

यस्तै प्रदेशका अन्य जिल्ला तनहुँका २९ जना, गोरखाका ३ जना, लमजुङका २७ जना, र नवलपुरका ४१ जना, पर्वतका ८ जना, बाग्लुङका ५८ जना, म्याग्दीका ३२ जना र मुस्ताङ जिल्लाका १४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । आज थपिएका ४ सय ३३ संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या २० हजार ८ सय ६० पुगेको छ । जसमा ३ हजार ३ सय १७ सक्रिय संक्रमित छन् ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा थप चार जनाको मृत्यु पुष्टि भएको छ । योसंगै, प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २४१ पुगेको निर्देशनालयले जनाएको छ ।