इराकसँगको हार मेरै दोष हो : प्रशिक्षक अलमुताइरी

abdullah-almutari

जेठ १६, काठमाण्डौ,


नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकसँगको फराकिलो हारको दोष आफूले लिने बताएका छन् । शनिबार राति भएको खेलमा इराकसँग ६–२ गोल अन्तरले पराजित भएपछि प्रशिक्षक अलमुताइरीले हारमा आफू दोषी भएको भन्दै खेलाडीमाथि दबाब नदिन आग्रह गरेका छन् ।
उनले सबै कुरा राम्रो हुने भन्दै प्रतिक्षा गर्न पनि आग्रह गरेका छन् । २–१ गोलअघि भएको बेलामा जितका लागि राम्रो अवसर भए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको उनले बताएका छन् । यो खेलबाट नेपाली समर्थकलाई धेरै खुसी दिन नसके पनि आउने दिनमा नेपाली समर्थकलाई खुसी बनाउने उनको भनाइ छ ।
यसैबिच
शनिबार मैत्रीपूर्ण खेल खेलेको नेपाली खेलाडिहरु उतैबाट कुवेत विश्व कप र एसियन कप छनोट खेल्न कुवेत तर्फ प्रस्थान गरेको छ । कुवेत बसाइमा विश्व कप छनोटको बाँकी खेल अन्तर्गत नेपालले पहिलो खेल जेठ २० गते चाइनिज ताइपेइसँग खेल्नेछ ।