कास्कीका थप ४ सय ३० जनामासंक्रमण पुष्टी, देशभर थप ८८ जनाको ज्यान गयो

corona

बैशाख २६, पोखरा,

पछिल्लो समय गण्डकी प्रदेशमा कास्की जिल्ला कोरोनाको हटस्पट बन्दै आएको छ । आज अहिलेसम्म मात्र कास्कीमा नयाँ ४ सय ३० जना कोरोना संक्रमित थपिएका छन् । आजै पनि थप कोरोना संक्रमितको संख्या थपिने अनुमान गरिएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गर्दा अस्पतालहरुमा भने बेड पाउने संभाबना नै छैन । अहिलेपनि पोखराका ९० प्रतिशत बिरामीहरु होम आइसोलेसनमा छन् । टेस्ट गरिएका मध्ये ५० प्रतिशतमा कोरोना संक्रमण भएको तथ्याङ्क गण्डकी प्रदेश निर्देशनालयले सार्वजानिक गरेको छ ।
यस्तै प्रदेशका अन्य जिल्लाहरु तनहुँमा ७७ जना, गोरखामा १०४ जना, लमजुङमा १५ जना, स्याङ्गजामा २६ जना, पर्वतमा २२ जना, बाग्लुङमा २१ जना, म्याग्दीमा २ जना र नवलपुर र मुस्ताङका १,१ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । आज थप भएका सहित प्रदेशमा ५ हजार २ सय भन्दा बढि सक्रिय संक्रमित रहेका छन् ।

आज गण्डकीमा कोरोना संक्रमणका कारण अहिलेसम्मकै उच्च संख्यामा मृत्यु पुष्टि भएको छ । जारी विज्ञप्ति अनुसार पोखराका विभिन्न अस्पतालमा उपचारत १२ जना संक्रमितको मृत्यु पुष्टि भएको हो । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २६३ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
नेपालमा पछिल्लो २४ घण्टामा आठ हजार आठ सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १८ हजार सात सय ८७ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार सात सय ७७ जना र पाँच सय सात जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी आठ हजार आठ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ८८ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ५२ जना र यसअघि ज्यान गुमाएकाहरूको विवरण प्राप्त भएको २६ जना गरी ८८ जनाको ज्यान गएको हो । अहिले नेपालमा ८८ हजार एक सय ६० जना सक्रिय सङ्क्रमित रहेका छन् ।