गण्डकी प्रदेशमा फेरी पनि पृथ्बी सुब्बा गुरुङ नै मुख्यमन्त्री

Prithivi-subba-gurung

बैशाख २९, पोखरा

गण्डकी प्रदेशमा पुनः पृथ्बी सुब्बा गुरुङ नै मुख्यमन्त्री बन्ने भएका छन् । विपक्षी गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउन नसकेपछि प्रदेशसभाको ठूलो दलको रुपमा नेकपा एमालेको सरकार बन्ने भएको हो ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले ठूलो दललाई सरकार गठनका लागि आह्वान गर्नुभएको छ । बुधबार अपरान्ह ४ बजे बहुमतको सरकार गठन गर्ने समयवधि तोकिएको थियो । उक्त समयमा विपक्षी गठबन्धन बहुमत दाबी गर्न पुगे पनि विधिसम्मत नभएको भन्दै प्रदेश प्रमुख पौडेलले ठूलो दलको नाताले एमालेलाई सरकार गठन गर्न आव्हान गर्नुभएको हो ।

कृष्ण थापालाई जनमोर्चाले कारबाही गरी बहुमत सांसद पु¥याउने विपक्षीको प्रयास असफल भएको छ । थापालाई कारबाही गरेको पत्र प्रदेश प्रमुखकोमा पुग्नुअघि गैरकानुनी कारबाही गरिएको भन्दै उहाले लेखेको पत्र प्रदेश प्रमुखकहाँ पुगेको थियो ।