फेवा नहर व्यबस्थापन गर्न गण्डकीका अर्थमन्त्री बराल समक्ष पोखरेलीको माग

artha mantri sanga maag

साउन १६, कास्की,

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवन समक्ष पोखराको फेवा नहरलाई व्यबस्थापन गर्न पोखरेलीले माग गरेका छन् ।

पोखरा महानगरपालिका १७ को जनजागरण टोल विकास संस्थाले शनिबार मन्त्री बराललाई बधाई ज्ञापन गर्ने क्रममा पोखरेलीले फेवानहरको कारण हरेक बर्ष जसो मान्छे समेत बगाउने र केहीको मृत्यु समेत भएकोले फेवानहर व्यबस्थापन गर्न माग गरेका हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले पोखरा पार्दी स्थित राम मन्दीरबाट पावरहाउस खेल मैदान जाने १२ सय मिटर सडक स्तरोन्नती गर्न माग गर्नुभएको छ ।

संस्थाका उपाध्यक्ष कमलप्रसाद बरालले द्धन्दकालमा हत्केलामा ज्यान राखेर जनयुद्धमा होमिएको योद्धा आज मन्त्री भयर आफुहरुले सम्मान गर्न पाउँदा निकै खुसि लागेको बताउनुभएको छ ।

उहाँले जनातको भावना अनुसार काम गर्न मन्त्री बराललाई आग्रह समेत गर्नुभयो । जनजागरण आमा समुहका अध्यक्ष नन्दकुमारी गुरुङ, पोखरा १७ का वडा सदस्य राधिका शाही, सचिव शिव बराल लगायतले मन्त्री बरालाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेका थिए ।

पोखरा १७ धेरै क्षेत्रका मानिसहरुको बसोबास भएको मिश्रित बस्ती भएकोले सम्भावना युक्त पोखरा १७ लाई अपेक्षा गरे अनुरुप आफ्नो क्षेत्रबाट पहल गर्ने मन्त्री बरालले बताउनुभएको छ ।