अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको भूकम्प

earthquake

साउन १४, काठमाण्डौ,

अमेरिकाको अलास्कामा आठ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण पूर्वको समुद्री क्षेत्रमा भूकम्प गएको सीएनएनले जनाएको छ ।

जमिनको सतहदेखि ४६ किलोमिटर गहिराइमा भूकम्प गएको खबरमा उल्लेख छ । भूकम्पपछि दुई वटा ठूला परकम्प पनि आएका छन् । भूकम्पपछि ठूलो सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।

अलास्का, अलास्काको पेनिनसुला र एलेउटिन टापुमा सुनामीको चेतावनी दिइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अलास्काको पश्चिमी तटमा क्षति पुग्न सक्ने आँकलन पनि गरिएको छ । ती क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान भनिएको छ ।

भूकम्पमा अहिलेसम्म कुनै जनधनको क्षतिबारे थाहा भएको छैन । यसअघि अलस्काको तलकीतना पर्वतीय क्षेत्रमा मे ३१ मा ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । अलास्कामा प्रायः भूकम्पको महसुस गरिँदै आएको छ ।