साउन ११, कास्की,
अवैध रूपमा नदिजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन गर्ने ५५ वटा सवारी साधनलाई कास्की प्रहरीले कारबाही गरेको छ ।
गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा १९ पुरनचौर स्थित ढोडेनीघाट सेती नदीमा अवैध रूपमा नदिजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन गरिरहेका टिप्पर २२ वटा, मिनी टिप्पर १७ वटा र ट्याक्टर १६ वटा गरी ५५ वटा सवारी साधनहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि पोखरा महानगरपालिकाको कार्यालय कास्कीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो ।