
भदौ ३, कास्की,
कास्की प्रशासनले जिल्लामा जारी गरेको निषेधाज्ञाको समय एक साता थप गरेको छ ।
भदौ ३ गते (आज) राति १२ बजेबाट भदौ १० गते राति १२ बजेसम्म थप गरिएको निषेधाज्ञामा जिल्लाभर सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ ।
यस सँगै जोर गते जोर नम्बरका सवारीसाधन तथा बिजोर गते बिजोर नम्बरका सवारीसाधन सञ्चालन हुने भएका छन् । अत्यावश्यक सेवाका सवारीसाधनमा भने जोर–बिजोर प्रणाली लागू नहुने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
जिल्लामा यसअघि निषेधाज्ञा जारी गरिएका सेवा व्यवसायहरुमा पुनः एक साता बन्देज लगाइएको छ । विद्यालयमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन नगर्न र पुर्व निर्धारित बाहेकका परिक्षा सञ्चालन नगर्न भनिएको छ । मानिसहरु भिडभाड गर्न र सभा जुलुस गर्न पनि रोक लगाइएको छ ।
पुर्व निर्धारित बैबाहिक कार्यक्रम भने आफ्नै घर परिसरमा १५ जना मात्र सामेल भइ गर्न सकिने प्रशासनले जनाएको छ ।

