संघीयता खारेजी गरि, धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्न विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रको प्रस्ताव

Rabindra-Mishra

साउन ११, कास्की,

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय निकायलाई पुनर्संरचना र सदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । मिश्रले बहस र छलफलका लागि भन्दै सार्वजनिक गरेको दस्तावेजमा धर्मनिरपेक्षताबारे भने जनमत संग्रह गर्ने धारणा अगाडि सारिएको छ ।


रवीन्द्र मिश्र

‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ नामक दस्तावेजमार्फत मिश्रले आफ्नो प्रस्तावलाई छलफलका लागि बाहिर ल्याउनुभएको हो । पार्टीभित्र आन्तरिक प्रस्तावको रूपमा मिश्रले यी दुई महत्वपूर्ण एजेन्डालाई अघि बढाउनुभएको हो ।

उनले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत बनेको, नेपालको अखण्डताका लागि पनि घातक बनेको र नेपालका प्रमुख संस्थाहरुलाई क्षयीकृत गर्ने अर्को कडी भएको बताउनुभएको छ ।

आफ्नो प्रस्तावमा मिश्रले संघीयता देशमा थप भ्रष्टाचार र आर्थिक भारको स्रोत भएको उल्लेख गर्दै यो नेपालको अखण्डताका लागि समेत घातक हुने बताउनुभएको छ । यसैगरी, धर्मनिरपेक्षताको एजेन्डा ६२÷६३ को जनआन्दोलन र त्यसको सेरोफेरोमा भएको मधेस आन्दोलनमा नउठेको पनि मिश्रले दाबि गर्नुभएको छ ।