चिन र क्यानडा विचको राजनितिमा तरंग

china-and-canda 1

साउन २७, एजेन्सी,

चीनको एक अदालतले क्यानडाका व्यापारी माइकल स्पाभरीलाई जासुसी गरेको आरोपमा दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय सुनाएको छ ।

चीन र उत्तर कोरियाबीच यात्रा र सांस्कृतिक आदानप्रदान व्यवसाय चलाउने स्पाभरी जासुसी र अवैध रुपमा राज्यको गोप्यता भंग गरेको आरोपमा दोषी ठहरिएको र उनको केही निजी सम्पति पनि जफत गर्ने आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


माइकल स्पाभरी

अमेरिकाको आग्रहमा चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकारी मेन वान्झाउलाई गिरफ्तार गरेको केही समयपछि सन् २०१८ को डिसेम्बरमा चीनमा हिरासतमा लिइएका दुई क्यानेडियनमध्ये एपाभर एक हुन् ।

यस्तै लागुऔषध तस्करीमा संलग्न भएको आरोपमा अर्का एक क्यानेडेली नागरीक रोबर्ट लोयड स्केलेनबर्गलाई चिनको अदालतले फाँसीको फैसला सुनाएको छ ।


रोबर्ट लोयड स्केलेनबर्ग

रोबर्टले मृत्युदण्डविरुद्ध गरेको अपिल खारेज गर्दै अदालतमा उपलब्ध प्रमाणहरु उनिविरुद्ध पर्याप्त सबुत भएकोले मृत्युदण्ड सुनाएको अदालतको भनाई उदृत गर्दै बिबिसिले जनाएको छ ।

चीन र क्यानडाबीचको सम्बद्ध तनावपूर्ण रहेको समयमा लगातारको यि दुई फैसलाले झन तङग ल्याएको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउले चीनको उक्त निर्णयप्रति आक्रोश व्यक्त गर्नुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले उल्लेख गरेका छन् ।

चीनका लागि क्यानेडेली राजदूत डोमिनिक बार्टनले चिनियाँ कम्पनी हुवावेका बरिष्ठ कार्यकारी मेंग वांगझुलाई क्यानडामा सुपुर्दगी गर्ने विषयमा छलफल भईरहेको समयमा आफ्ना नागिरकविरुद्वकोे यो निर्णय कुनै संयोग नभएको बताएका छन् ।

मेंग वांगझु चिनियाँ कम्पनी हुवावेका संस्थापक रेन झेगंफेईकी छोरी हुन् । उनलाई अमेरिकाको पक्राउ पुर्जीका आधारमा क्यानडामा हिरासतमा राखिएको छ । रेन झेगंफेईले क्यानडाको यो हर्कत राजनितिबाट प्रेरित भएको बताउँदै आएका छन् ।