पोखरामा कोरोनाविरुद्धको खोपमा पनि राजनिति : आसेपासेलाई खोप लगाएको भन्दै सांसदकै बिरोध

khop

जेठ २६, कास्की,

देशभर कोरोना संक्रमण बढ्दै गर्दा जनताले यतिबेला खोपको माग बढिरहेको छ । खोप अनियमितताको बिषयलाई लिएर यतिबेला देशभर बिबाद भएको छ । देशमा जस्तै गण्डकी प्रदेशमा पनि खोपको बिषयलाई लिएर गण्डकी प्रदेश सांसदहरु पनि अछुतो रहेनन् । सांसद , सांसदका स्वकिय सचिव, सवारीचालक र पिएसओ खोप लगाउने भनिए पनि सांसदका आशेपासेलाई खोप लगाएको कुरा सार्वजनिक भएको छ ।

प्रदेश सभा सदस्यहरुले आफ्नो पहुँचका आफ्ना आफन्त र आसेपासेलाई खोप लगाईएको सांसद सचिवालयका एक कर्मचारीले बताए । ति कर्मचारीका अनुसार सांसदहरुले तोकिएको व्यक्ति भन्दा पनि नचिनिएका फलानो सांसदले पठाएको भनेर खोप लगाउनेको संख्या धेरै रहेको थियो ।

खोप लगाउने ठाउँमा सांसदका आँफु निकट दलका सदस्य, परिवार र आफन्तहरु देखिएकाले एमाले कास्कीबाट निर्वाचित कृष्ण थापाले सांसद सचिवालयमा खोपको अनियमितताको बिषयमा चर्को बिरोध गर्नुभएको थियो ।

आम जनता खोपको प्रतिक्षामा बसिरहेको यो समयमा खोपमाथी सांसदजस्तो जिम्मेबार पदमा बसेर आसेपासेलाई मात्र प्राथमिकतामा राखेर खोप दिने निर्वाचित सांसद कतिसम्म गैरजिम्मेवार छन् भन्ने कुरा प्रष्ट भएको छ ।

त्यस्ता सांसदको जति निन्दा गरे पनि कम हुने एक स्वास्थ्य कर्मिको भनाई छ । आज गण्डकी प्रदेश सभा परिसरमा भएको खोप लगाउने कार्यक्रममा सत्ता पक्ष र बिपक्ष रहेका केहि सांसदहरु आफ्ना आसेपासे र आफन्तसहित प्रदेश सभा प्रवेश गरेर खोप लगाएका थिए ।

अनाधिकृत व्यक्तिले खोप लगाएपछि स्वास्थ्यकर्मीले प्रश्न उठाएपछि केहि समय हल्लीखल्ली समेत भएको थियो । हल्लीखल्ली भएपछि खोप लगाउन गएका केहि व्यक्ति खोप नै नलगाईकन प्रदेश सभाबाट बाहिरिएका थिए ।