गत वर्षको तुलनामा ४५ प्रतिशतले भन्सार बढेको विभागको भनाई

bhansar

असार ३०, कास्की,


कोभिड माहामारीकाबीच पनि गतबर्षको तुलनामा भन्सार असुली ४५ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ । बजेटको आकारमा प्रत्येक वर्ष वृद्धि भइरहदा राजश्वको लक्ष्य पनि वर्षेनी १५ देखि २० प्रतिशतले बृद्धि हुदै आएको छ ।
चालु वर्षमा ४ खर्ब ४० अर्बको लक्ष्य पाएको विभागले समय अगावै उक्त लक्ष्य प्राप्त गरेकाले चालु आर्थिक वर्षमा लक्ष्य भन्दा बढी राजश्व संकलन हुने विभागको विश्वास छ ।
कोभिडका कारण लक्ष्य प्राप्तीमा दबाव भए पनि आपूर्ति श्रृखला बिग्रन नदिएका कारण लक्ष्य प्राप्ती सहज भएको विभागका महानिर्देशक यमलाल भुसालले जनकारी दिनुभयो ।
चालु वर्षको जेठ महिना सम्मको तथ्यङ्कमा पेट्रोल डिजेल एल.पी ग्यास, एम. एस विलेट भटमासको कच्चा तेल, मोवाइल तयारी कपडा चामल लगायत १३ खर्ब ८३ अर्ब बढीको आयात हुँदा जम्मा १ खर्ब २१ अर्बको मात्र निर्यात भएको विभागले जनाएको छ ।