पत्रकार महासंघ गण्डकीले १ करोडको कल्याणकारी कोष स्थापना गर्ने

nepal-patrakar-mahasangh

जेठ १, पोखरा,

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले १ करोड रुपैयाँको पत्रकार कल्याणकारी कोष स्थापना गर्ने भएको छ । प्रदेश समितिको शनिबार भर्चुअल माध्यमबाट बसेको तेस्रो बैठकले कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको हो ।

सुरुमा समिति पदाधिकारी, सल्लाहकार, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यबाट न्युनतम १५ हजारका दरले जम्मा गरी कोष स्थापना गर्ने निर्णय भएको महासचिव गोविन्द सुवेदीले जानकारी दिनुभयो । कल्याणकारी कोषलाई एक करोड पु¥याइने लक्ष्य राखिएको छ ।

संघमा आबद्ध विभिन्न पत्रकारहरुबाट नै सहयोग रकम जम्मा गरि १ करोडको कोष बनाईने महासचिव सुवेदीले बताउनुभयो । कल्याणकारी कोषको सञ्चालन अध्यक्ष नाराण शर्मा नेतृत्वकै कार्यसमितिले गर्ने पनि उहाँले बताउनुभयो । त्यसैगरी महासचिव सुवेदीको नेतृत्वमा सचिव यदुनाथ बञ्जरा, समावेशी सचिव कैलाशबाबु श्रेष्ठ र कोषाध्यक्ष राजेन्द्र न्यौपाने सदस्य रहेको ‘पत्रकार कल्याणकारी कोष सञ्चालन कार्यविधि मस्यौदा समिति’ समेत निर्माण गरिएको छ ।
यसैबिच
महासंघ प्रदेश समितिको बैठकले कोरोना संक्रमणपछि उपचारको क्रममा निधन भएका पोखराका पत्रकार गणेश पौडेल प्रति श्रद्धञ्जली अर्पण गर्दै परिवार जनमा समवेदना प्रकट गरेको छ । साथै संक्रमित पत्रकारहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पूर्ण पत्रकारलाई स्वास्थ्य सुरक्षाको पालना गरेरमात्र कर्म क्षेत्रमा खटिन आग्रह पनि गरेको छ ।