कास्कीका २३९ सहित थप ३ हजार १ सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि,गण्डकीका ४ सहित थप २३ जनाको मृत्यु

corona

साउन १८, कास्की,

सोमबार गण्डकी प्रदेशका थप ६ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १७४ जनामा गरिएको नमुना परीक्षणमा थप ६ सय ९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका २ सय ३९ जना सहित तनहुँका ४८ जना, गोरखाका ६२ जना, लमजुङका २४ जना, नवलपुरका ४७ जना, स्याङ्गजाका ९८ जना, पर्वतका २२ जना, बागलुङका ६६ जना, म्याग्दीका २ जना र मुस्ताङका ३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३ सय ६ जना कोरोनामुक्त भएका छन् ।
अहिले प्रदेशमा ६ हजार ५ सय ५३ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै सोमबार गण्डकीमा थप ४ जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका तीन जना र स्याङ्गजाका एक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११०३ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबिच
देशभर थप ३ हजार १ सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका १३ हजार ८ सय ११ जनाको परिक्षणमा झन्डै २३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार नौ सय २५ जना सङ्क्रमणमुक्त भएको र अहिले नेपालमा ३१ हजार ६ सय २९ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले बताएको छ ।

यही अवधिका थप २३ जनाको सङ्क्रमणका कारण ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ८ सय ९८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक लाख ८१ हजार २५ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । नेपालमा अहिलेसम्म २० लाख दुई सय ११ जनाले दुइ वटै मात्रा र ४१ लाख ६३ हजार दुई सय ५१ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।