प्रधानमन्त्री देउवा एमाले नेता नेपाललाई भेट्न नेपाल निवासमा/बिहीबार कांग्रेसको पदाधिकारी बैठक बस्दै

Deuba_Nepal_meeting

असार ३०, काठमाण्डौ

प्रधानमन्त्री शेरबहादुर देउवाले कोटेश्वरस्थित निवासमै पुगेर एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्नुभएको छ ।
मंगलबार राती प्रधानमन्त्रीको सपथपछि राष्ट्रपति निवास शितल निवासमा संक्षिप्त भेट भएका नेपाललाई भेट्न प्रधानमन्त्री देउवा बुधबार अपरान्ह नेपाल निवास पुग्नु भएको हो ।
एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने बाध्यतमा रहनुभएका देउवा विश्वासको मत तथा सरकारमा सहभागिताको विषयमा छलफल भएको स्रोतले बताएको छ ।
यसैबिच
नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाउनुभएको हो ।
सरकारका प्राथमिकता, मन्त्रिमण्डल विस्तार र पार्टीको १४ औै महाधिवेशनका लागि छलफल गर्न पदाधिकारी बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।
क्रियाशील सदस्यताको विवाद कायमै रहेको कांग्रेसमा छानबिन समितिले अझै काम सकेको छैन ।