आकस्मीक बाहेक विदेशबाट आउने श्रमिकले अनिवार्य होटेल क्वरेण्टीनमा बस्नु पर्ने

bidesh bata aaune

जेठ १८, काठमाण्डौ,

खाडीका विभिन्न देश सहित मलेसियाबाट स्वदेश फर्कने नेपाली श्रमिकले पाँच दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्नुपर्ने भएको छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान केही सहज भएसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार पाँच दिन अनिवार्य होटेल क्वरेण्टीनमा बस्नुपर्ने भएको हो ।

नयाँ मापदण्डमा खाडीका देश र मलेसियामा श्रम गरी स्वदेश फर्कने नेपालीले पाँच दिन होटेल क्वरेण्टीनमा बसी पीसीआर परीक्षण नेगेटिभ आएपछि थप १० दिन होम क्वरेण्टीनमा बस्ने गरी सम्बन्धित गन्तव्यमा जान अनुमति दिइने व्यवस्था गरिएको छ ।

मंगलबारदेखि सरकारले नेपाली श्रमिकको खाडीको मुख्य श्रम गन्तव्य कतारसहित तीन देशबाट नियमित उडान खोलेको छ । मलेसियासहित अरू खाडीका देशमा भने अझैँ उडानमा प्रतिबन्ध नै लगाइएको छ । यस्तै आकस्मिक अवस्थामा बाहेक अन्यलाई १० दिन होटेल क्वरेण्टीन अनिवार्य गरिएको छ ।