आफ्नो सरकारले राम्रो काम गरेको मुख्यमन्त्रीको दाबि, जनमोर्चाद्धारा सरकारलाई दिएको सर्मथन फिर्ता

Prithivi-subba-gurung

बैशाख २७, पोखरा,

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि आफ्नो वक्तव्य जारि गर्दै आफ्नो सरकारले जनताकोलागि राम्रा कामहरु गरेको दाबि गर्नुभएको छ । उहाँले आफ्नो सरकारले राम्रो काम गरेको प्रदेशका जनताले महशुस गरेकाले गलत तत्वहरुलाई तिनै जनताले पाखा लगाउने दाबि गर्नुभभएको छ ।

राजिनामा वक्तव्यमा उहाँले आफ्नो नेतृत्वको सरकारले जिल्ला अस्पतालहरुमा आइसियु, भेन्टिलेटरको र अक्सिजनको प्रबन्ध गरेको बताउनुभएको छ ।

उहाँले अस्पतालहरूको स्तरोन्नति गरिएको, श्याहरु थप गरिएको तथा डाइलोसिस सेवा समेत थप गरिएको उल्लेख गर्नुभएको छ ।

त्यस्तै अर्को सरकार गठनका लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र नयाँ सरकार बनाउन आह्वान समेत गरिसकेकी छन् ।

आज विपक्षी काँग्रेस, माओवादी र जसपाले मुख्यमन्त्रीविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावमाथि मतदान हुँने कार्यक्रम तय भएपछि कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका मुख्यमन्त्री गुरुङले अघिल्लो दिन नै राजीनामा दिनुभएको हो ।
यसैबिच
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको सर्मथन फिर्ता लिएको छ । मुख्यमन्त्री पदबाट राजिनामा दिनुभएका गुरुङले जनमोर्चाकै आडमा पुनः विश्वासको मतका साथ सपथ लिने योजना रहेको थियो ।

तर आइतबार नै जनमोर्चाले संसद सचिवालयमा सर्मथन फिर्ताको पत्र बुझाएपछि गुरुङको पुनः नियुक्तीको सम्भावना टरेको छ । अब अविश्वासको प्रस्ताव संगै नयाँ सरकारको प्रक्रिया अगाडी बढ्ने भएको छ ।