निषेधाज्ञा खुकुलो भएसँगै पोखरामा पनि गाडीको चाप बढ्यो

gadiko chaap

असार ५, पोखरा,

गण्डकी प्रदेशको राजधानि पोखरामा पछिल्ला दिनमा सवारिसाधनको चाप बढेको छ । आउँदो असार ७ गते सम्म निषेधाज्ञा जारि रहेपनि निषेधाज्ञा केही खुकुलो भएसँगै सडकमा गाडीको चाप बढ्न थालेको हो ।

सरकारले असार २५ भित्र कर वुझाउन निर्देशन दिएसँगै अब कर तिर्नकैलागि भएपनि घरबाट बाहिर निस्कनै पर्ने बाध्यता भएपछि निषेधाज्ञा भएपनि पैसाको जोहो गर्नकैलागि आँफुहरु घरबाट निस्किएको सडकमा भेटिएका केहि व्यक्तिहरुको भनाई थियो ।

विभिन्न कार्यालय र विभिन्न सेवाहरु खुलेको र खाद्यान्न, निर्माण सामाग्रि लगायतका पसल खुल्ने समय पनि बढाइएकोले पनि सडकमा गाडीको चाप बढेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

सडकमा गाडिको चाप बढेपनि विभिन्न स्थानमा भैरहेको ट्राफिक चेकिङ्लाई भने जारि राखिएको पनि प्रहरीले बताएको छ । निषेधाज्ञाको समय ७ गतेसम्म भएकोले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन र आफ्नो स्वास्थ्यप्रति आँफै सजग हुन प्रहरीले अनुरोध गरेको छ ।