राजनीति करेक्सन हुनुभन्दा झन् गिजोलियो : उपेन्द्र यादव

Upendra-Yadav

बैशाख ३१, काठमाण्डौ,

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिको कोर्स करेक्सन हुनुभन्दा थप गिजोलिएको प्रतिक्रिया दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वैकल्पिक सरकार गठनको दिशामा अघि बढ्नुभएका नेता यादवले पुनः ओली नै प्रधानमन्त्री बन्ने अवस्था आउँदा देशको राजनीति थप अनिश्चिततातर्फ धकेलिएको प्रतिक्रिया दिनुभएको हो ।

शुक्रवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कोभिड १९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले आफूहरू देशलाई सही बाटोमा हिँडाउन र देशको राजनीति देशका पार्टीको हातभन्दा बाहिर नजाओस् भन्ने प्रयासमा रहेको बताउनुभयो ।

प्रधानमन्त्रीका अभिव्यक्ति संसद्लाई भङ्ग गरेर देशलाई अनिश्चितता र अन्योलतर्फ लैजाने खालका भएको पनि यादवले दाबी गर्नुभयो ।