हप्ताको पहिलो दिन आज नेप्से एक दशमलव २५ अङ्कले बढ्यो

nepse

साउन १७, कास्की,

हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से आज एक दशमलव २५ अङ्कले बढेर तीन हजार ८१ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।

आज व्यापार समूहको शेयर साढे ७० अङ्कले, विकास बैंकको १९ अङ्कले, जलविद्युतको ८० अङ्कले, उत्पादनको ३५, माइक्रोफाइनान्सको ६५ र लगानी समूहको शेयर झन्डै दुई अङ्कले बढेको छ ।

आज जलविद्युत् समूहका सबैजसो कम्पनीमा हरियाली देखिएको छ । बैंक, होटल, फाइनान्स, बीमा, अन्य र म्युचल फन्ड समूहको शेयर भने घटेको छ ।

आज दुई सय २६ कम्पनीका तीन करोड ३ लाख कित्ता शेयर १२ अर्ब १० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेशनल हाइड्रो पावर कम्पनीको ३६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।