वर्तमान सरकार असफल भए संविधान नै असफल हुन्छ : प्रदीप गिरी (प्रतिनिधि सभामा कस्ले के भने ?)

samsad

साउन १५, काठमाण्डौ,

सांसद बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले वर्तमान सरकार असफल भए संविधान नै असफल हुने दाबी गर्नुभयो ।


प्रदीप गिरी

वर्तमान सरकार असफल भए शेरबहादुर देउवा मात्रै नभइ संविधान नै असफल हुने भएकाले सरकारलाई बढीभन्दा बढी जनमुखी बनाउने दायित्व कांग्रेस र प्रधानमन्त्री देउवाको भएको बताउनुभयो ।

त्यस्तै कांग्रेसकी सांसद रंगमती शाहीले एमाले नेता सुवास नेम्वाङमाथि व्यंग्य गर्दै नेम्वाङले महाभारतका पात्र सकुनीको रोल खेल्दा केपी शर्मा ओलीको हालत दुर्योधनको जस्तो भएको बताउनुभएको छ ।


रंगमती शाही

नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई परमादेशको सरकार भनेकोमा शाहीले कटाक्ष गर्नुभएको हो ।

यस्तै माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले सरकार सञ्चालनका लागि संयुक्त संयन्त्र बनाउनु पर्ने प्रस्ताव गर्नुभयो ।


गिरिराजमणि पोखरेल

गठबन्धनका तर्फबाट साझा कार्यक्रम र आचारसंहिता समेत बनाएर अघि बढ्नुपर्ने भन्दै उहाँले अहिले मुलुकमा वाम–प्रजातान्त्रिक एकताको माहोल बनेकाले यसलाई अझ व्यवस्थित बनाउनु पर्नेमा जोड दिनुभयो ।

विशेष समयमा अन्य सांसदहरु सुरेन्द्र कुमार यादव, प्रेम सुवाल, कृष्णभक्त पोखरेल, रेनुका गुरुङ लगायतले धारणा राखेका थिए ।