पहिलो एक दिवसीय क्रिकेटमा भारतद्धारा श्रीलङ्का सात विकेटले पराजित

srl vs india

साउन ४, काठमाण्डौ,

शिखर धवनको कप्तानीमा रहेको भारतले पहिलो एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई सात विकेटले हराएको छ । जितसँगै भारतले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।

कोलम्बोमा गएराति श्रीलङ्काले दिएको २ सय ६३ रनको लक्ष्य भारतले ८० बल बाँकी छँदै भेट्टायो । भारतका लागि कप्तान धवन र इशान किसनले अर्धशतकीय पारी खेले ।

धवनले ८६ र किसनले ५९ रनको योगदान गरे । यस्तै, पृथ्वी शले ४३, सूर्यकुमार यादवले ३१ र मनिष पाण्डेयले २६ जोडे । श्रीलङ्काका धनञ्जय सिल्भाले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो ।

श्रीलङ्काका लागि चामिका करुनारत्नेले ४३, कप्तान डसुन शनकाले ३९, चारिथ आश्लन्काले ३८, मिनोद भानुकाले २७ र भानुका राजपाक्षेले २४ रन बनाए ।भारतका दिपक चाहर, युजभेन्द्र चाहल र कुलदीप यादवले २र२ विकेट लिए ।