लेखनाथका व्यवसायीमा चुनावि सरगर्मि सुरु

lekhnath-chamber-of-commerce

साउन २५, कास्की,

साबिक लेखनाथ, मादी र रुपागाउँपालिकाका उद्योगी, व्यवसायीमा चुनावि सरगर्मि सुरु भएको छ । यी क्षेत्रका व्यवसायीको साझा संस्था लेखनाथ उद्योग वाणिज्य संघको आउँदो भदौमा १३ औं महाधिवेशन हुँदै छ ।

कोरोना महामारी बढिरहे पनि घोषित भदौ १८ र १९मा नै महाधिवेशन हुने बताइन्छ । यसपालि संघको नेतृत्वलिनका लागि वर्तमान कार्यसमितिबाटै धेरै चुनावी मैदानमा उत्रिने देखिएको छ । संघको गएको महाधिवेसनमा सबै पदमा सर्वसम्मत नेतृत्व चुनिएको थियो ।

यसपालि पनि सर्वसम्मत गर्ने प्रयास भइरहेको छ । केही पदमा राजनीतिक भागबन्डा त कही भेग र व्यवसायको प्रकृति मिलाउनुपर्ने हुँदा सर्वसम्मत गर्न कठिन हुने देखिएको छ ।

बहालवाला अध्यक्ष बलराम ढकालले फेरि नदोहोरिने घोषणा गरिसकेका छन । वर्तमान कार्य समितिका पदाधिकारीनै एक,एक तह माथि जाने तयारीमा छन् । अध्यक्षमा वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयको मात्र नाम चर्चामा छ । अन्य पदमा भने आकांक्षी धेरै भएकाले निर्वाचन हुनसक्ने स्रोत बताउँछ ।