आगामी बजेटमा खोपलाई पहिलो प्राथमिकता दिन कांग्रेस कास्कीको मुख्यमन्त्री पोखरेल सँग आग्रह

congressvet

जेठ ३०, पोखरा,

नेपाली काँग्रेस कास्कीका पदाधिकारी र क्षेत्रीय सभापतिले आइतबार गण्डकी प्रदेशका मुुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीसँग भेटघाट गरेका छन् ।

कास्की काँग्रेसका सभापति कृष्ण केसी नेतृत्वको गएको टोलीले मुख्यमन्त्रीलाई बधाई ज्ञापन गरी केही सुझाव समेत दिएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

कास्की काँग्रेसका सभापति केसीले कोरोना महामारीका कारण जनता समस्यामा रहेकाले जनताका लागि अत्यावश्यक कार्यक्रमलाई आगामी बजेटमा प्राथमिकता दिन आग्रह गर्नुभएको छ । सभापति केसीले कोरोनाबाट प्रभावित व्यवसायी, शिक्षक, मजुदर लगायतका क्षेत्रलाई राहत हुने गरी कार्यक्रम ल्याउन पनि अनुरोध गर्नुभयो ।

सभापति केसीसहित उपसभापति आइ बहादुर गुरुङ, सचिव देवेन्द्र रानाभाट, कोषाध्यक्ष लक्ष्मी पाण्डे, सहसचिव रङ्गिला आचार्य, प्रवक्ता नवीन सिग्देल, क्षेत्र नं २ का सभापति माधव बास्तोला ‘मधु’ र क्षेत्र नं ३ का सभापति पोषनाथ शर्माको टोली पुगेर मुख्यमन्त्रीलाई बधाई ज्ञापन गरेको थियो ।