गण्डकीका १ हजार ५३ सहित देशभर थप ८ हजार ६ सय ७ जनामा संक्रमण पुष्टी

corona update

जेठ ७, पोखरा,

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थपिएका एक सय ७७ जनासहित ज्यान गुमाउनेको सङ्ख्या ६ हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ हजार ६ सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २२ हजार तीन सय ५३ नमुनाको पीसीआर परीक्षण गर्दा आठ हजार चार सय सात जना र आठ सय ७३ जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय गरी आठ हजार ६ सय सात जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ९७ हजार ५२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सात हजार आठ सय ९० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ७४ हजार आठ सय ३६ पुगेको छ । अहिले नेपालमा एक लाख १६ हजार एक सय ९२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबिच
शुक्रबार गण्डकीमा थप १ हजार ५३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका २ हजार ६७ जनामा गरिएको नमुना परीक्षणमा थप १ हजार ५३ को रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका थप संक्रमितमा कास्कीका ३८३ जना, तनहुँका ५४ जना, गोरखाका ९८ जना, लमजुङका ३६ जना, नवलपुरका ७४ जना, स्याङ्गजाका ३२ जना, पर्वतका ६५ जना, बाग्लुङका २०४ जना र म्याग्दी जिल्लाका १०७ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३३ हजार ११३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट एकैपटक १ हजार ३९६ जना संक्रमणमुक्त भएका छन् । योसंगै, गण्डकीमा संक्रमणमुक्त हुनेको संख्या २२ हजार ७९४ पुगेको छ । शुक्रबार पनि गण्डकीमा थप १९ जनाको मृत्यु पुष्टि भएको छ ।

थप मृत्यु पुष्टि हुनेमा कास्कीका नौ जना, तनहुँका तीन जना, स्याङ्गजाका दुई जना, नवलपुरका दुई जना र पर्वतका तीन जना छन् । योसंगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४९३ पुगेको निर्देशनालयले जनाएको छ ।