महेश बस्नेतले मलाई धम्कि दिए : खगेन्द्र संग्रौला

khagendra

साउन ११, कास्की

नेकपा एमाले नेता महेश बस्नेतले आँफुलाई तहलगाउने धम्कि दिएको लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले बताउनुभएको छ ।


महेश बस्नेत

आफूलाई बस्नेतले तह लगाउने धम्की दिएको लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको हो ।

शाही शासनमा सेनाको धम्की झेलेको बताउँदै संग्रौलाले सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ। अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।’


खगेन्द्र संग्रौला

आफूलाई केपी ओलीको आदेशबमोजिम धम्की आएको समेत उनले उल्लेख गर्नुभएको छ । ‘तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर होरु यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला। धन्य ओली सर..,’ उहाँले लेख्नुभएको छ ।