शेयर बजारमा झन्डै ११ अर्ब रुपैयाँको कारोबार हुँदा नेप्से भने घट्यो

nepse

साउन १४, कास्की,

शेयर बजार परिसूचक नेप्से आज बिहीवार घटेको छ । होटल र विकास बैंकबाहेक अरू सबै समूहको शेयर घटेपछि नेप्से १५ दशमलव ११ अङ्कले घटेर तीन हजार ७९ दशमलव ८३ विन्दुमा झरेको हो ।

आज बैंकिङ समूहको शेयर साढे १० अङ्कले, व्यापारको चार अङ्कले, जलविद्युतको २८ अङ्कले, फाइनान्सको ५४ र माइक्रोफाइनान्स समूहको शेयर पाँच अङ्कले घटेको छ । यस्तै जीवन बीमा समूहको शेयर ८६ अङ्कले, निर्जीवनका ६९, उत्पादनको ५३, अन्यको १३ र लगानी समूहको शेयर झन्डै साढे एक अङ्कले घटेको छ ।

आज दुई सय १७ कम्पनीका दुई करोड ६० लाख कित्ता शेयर १० अर्ब ९० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुडविल फाइनान्सको ३३ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।