गण्डकीका ६ सहित थप ३० जनाको संक्रमणबाट मृत्यु

corona-update

भदौ ५, कास्की,

शनिबार गण्डकी प्रदेशका थप ३ सय १९ जनामा कोरोना भईरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १० जनामा गरिएको नमुना परीक्षणमा थप ३ सय १९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

थप संक्रमण पुष्टि हुनेमा कास्कीका १ सय ७३ जना सहित गोरखाका ४७ जना, स्याङ्गजा र तनहुँका तेईसतेईस जना त्यस्तै लमजुङका र नवलपुरका सत्रसत्र जना, बागलुङका १३ जना, म्याग्दीका ५ जना र पर्वतका १ जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७८ हजार ४६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ५५३ जना कोरोनामुक्त भएसंगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७१ हजार ८७३ पुगेको छ ।

त्यस्तै शनिबार गण्डकीमा थप ६ जनाको मृत्यु पुष्टि भएको छ । थप मृत्यु पुष्टि हुनेमा कास्कीका पाँच जना र तनहुँका एक जना रहेका छन् । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ३२ पुगेको छ ।
यसैबिच
देशभर थप २ हजार ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १३ हजार ७५ जनाको नमूना परीक्षण गर्दा कुल परीक्षणको १५ दशमलव ८६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३ सय ८२ जना सङ्क्रमणमुक्त भएका छन् भने यहि अवधिमा थप ३० जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

अहिले नेपालमा ३९ हजार ३ सय २१ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले बताएको छ ।