कावासोतीमा भर्चुअल माध्यमबाट सडक सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम

kst

धन राज थापा मगर, जेठ ११, नवलपुर,


नवलपुर (नवलपरासि पूर्व) कावासोतिमा भर्चुअल माध्यामबाट “सडक सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम“ गरिएको छ ।
सोमबार रोटर्याक्ट क्लव अफ कावासोतीको आयोजना तथा मध्यबिन्दु बहुमुखी क्याम्पसको सहयोगमा जुम एपको माध्यमबाट कार्यक्रम गरिएको हो ।

कार्यक्रम हुँदै

सो कार्यक्रममा नवलपुरका ट्राफिक प्रहरी प्रमुख (प्रहरी निरिक्षक) नारायन थापा लगायत उहाँको टीमले पहिलेको तुलनामा अहिलेको ट्राफिक प्रहरीको अवस्था, वर्तमान लक डाउनको समयमा ट्राफिक प्रहरीको भुमिका, परिवर्तित नीति नियम, आउने दिनका भावी योजनाहरु, सामाजिक संघस्थासँगको सहकार्य लगायतका विषयमा जानकारी दिनुभएको थियो ।
त्यस्तै कार्यक्रममा मध्यबिन्दु बहुमुखी क्याम्पस प्रमुख मुक्ति राम पाण्डेले अहिलेको समयमा रोट्र्याक्ट क्लव अफ कावासोतीले आयोजना गरेको यस्तो किसिमको भर्चुअल कार्यक्रम प्रभावकारी भएको भन्दै कार्यक्रममा आफ्नो क्याम्पसले पनि सहकार्य गर्न पाएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्ल समेतको संयोजनमा भएको कार्यक्रममा मध्यविन्दु बहुमुखि क्याम्पसका सहायक क्याम्पसप्रमुख गणेश मान गिरी, विष्णु प्रसाद लम्साल लगायतले आफ्नो विचार राख्नु भएको थियो । कार्यक्रमको रोटर्याक्ट क्लव अफ कावासोतीको अध्यक्ष परमानन्द गौतमले सञ्चालन गर्नु भएको थियो भने कार्यक्रमको अन्त्यमा क्लबका सचिव शेष नारायन पौडेलले उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

धन राज थापा मगर

नवलपुर संवाददाता मगर रोट्रयाक्ट क्लव अफ कावासोतीका मीडिया संयोजक समेत रहनुभएको छ ।