लायन्स क्लब अफ पोखरा पुस्पान्जलीद्धारा नयाँ कार्यसमितिलाई माइन्यूट हस्तान्तरण एवं सम्मान कार्यक्रम सम्पन्न

2

साउन ७, पोखरा,

लायन्स क्लब अफ पोखरा पुस्पान्जलीले नयाँ कार्यसमितीलाई माइन्यूट हस्तान्तरण एवं सम्मान कार्यक्रम (Minute Handover and Award ceremony ) गरेको छ ।


पोखराको लेकसाइड स्थिती होटल क्विन्स पार्कमा वर्ष २०२०र२१ को कार्यसमिती बाट बर्ष २०२१र२२ को नवनिर्वाचित कार्यसमितिलाई संस्थाको माईन्यूट हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बर्ष २०२०र२१ का अध्यक्ष लायन दुर्गा रन्जित श्रेष्ठले बर्ष २०२१र२२ का अध्यक्ष लायन कमलनाथ बराल लाई संस्थाको झन्डा र वेल हस्तान्तरण गर्नुभएको हो भने बर्ष २०२०र२१ का सचिब लायन लेखुराम खतीले बर्ष २०२१र२२ का सचिब लायन डिल्लिराम पौडेललाई माइन्युट हस्तान्तरण गर्नु भएको हो।

लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ नेपालका कमिटी चियर पर्सन एवंम क्लबका सस्थापक अध्यक्ष लायन शोभा गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्ष २०२०र२१ मा उत्कृष्ट काम गर्ने लायन सदस्यहरुलाई विभिन्न अवार्ड बाट सम्मान गरिएको थियो ।

साथै नयाँ लायन्स सद्स्यहरुलाई पिन र माला लगाएर संस्थामा स्वागत समेत गरिएको थियो ।