त्रिदेशीय सिरिज खेल्न नेपालि क्रिकेट टोली मंगलबार ओमान जाने

cricket_team_nepal file photo

भदौ ५, काठमाण्डौ,


नेपाल क्रिकेट संघ (क्यान) ले त्रिदेशीय सिरिज खेल्ने १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।
आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमानबीच ओमानमा हुने त्रिदेशीय सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँग हुने दुई एक दिवसीय सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा टोलीको घोषणा भएको हो ।
तीव्र गतिका बलर गुल्सन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । गुल्सनसँगै अर्का तीव्र गतिका बलर विक्रम शोब, शरद भेषावाकर र रोहितकुमार पौडेलले पुनः राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।
त्रिदेशीय सिरिजमा नेपालले ओमान र अमेरिका सँग २÷२ खेल खेल्ने छ भने उक्त सिरिज अगाडि पीएनजीसँग भदौ २० मा पहिलो र भदौ २३ दोस्रो खेल गरि दुई एक दिवसीय खेल खेल्ने छ । ओमानमा नै रहने टोलीले चार दिन पछि त्रिदेशीय सिरिज खेल्नेछ । यद्यपि खेल तालिका भने सार्वजनिक भएको छैन ।
त्यसका लागि नेपाली टोली मंगलबार बिहान ८ बजे सलाम एअरबाट ओमान जाने तालिका रहेको छ ।