डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्रामको अकाउन्ट दुई वर्षका लागि बन्द

tramp

जेठ २२, एजेन्सी,

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट बन्द भएको छ । फेसबुकले दुई वर्षका लागि अकाउन्ट बन्द गरेको जनाएको छ । यसअघि गएको जनवरी महिनामा पनि उहाँको अकाउन्टमा अनिश्चितकालसम्मका लागि प्रतिबन्ध लगाइएको थियो ।

फेसबुकको स्वतन्त्र छानबिन बोर्डले गएको जनवरी ६ तारिखमा ट्रम्पले फेसबुकमा साझा गरेको विचार तथा भनाइले अमेरिकाको राजधानी वासिङ्टन डीसीमा हिंसात्मक झडपलाई बढवा दिएको जनाएको छ । त्यतिबेला फेसबुकसँगै इन्स्टाग्राम र ट्वीटरले तत्कालै ट्रम्पको अकाउन्ट बन्द गरेका थिए । फेसबुकले अब नेताहरुको पोस्टलाई कुनै पनि सुरक्षा नदिइने बताएको छ । फेसबुक र इन्स्टाग्राममाथिको प्रतिबन्ध गएको जनवरीदेखि नै लागू हुनेछ ।

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले सन् २०२३ को जनवरीमा पुनः आफ्नो अकाउन्ट सञ्चालन गर्न पाउनु हुने बीबीसीले जनाएको छ ।