नायिका शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्राको पोर्नोग्राफि केस अपडेट

raj kundra.2

बलिउड, समाचार,

नायिका शिल्पा शेट्टी कुन्द्राका श्रीमान् राज कुन्द्रा कानूनी जञ्जालमा फसेका छन् । सोमबार दुई घण्टा सोधपुछपछि उनलाई सोधपुछ गरेको थियो ।

मंगलबार अदालतले उनलाई २३ जुलाईसम्म प्रहरी हिरासतमा पठाएको थियो । राज कुन्द्रामाथि अश्लील फिल्म बनाएको र त्यसलाई एपमार्फत् सार्वजनिक गरेको आरोप छ । यो केसमा नयाँ नयाँ कनेक्सन सार्वजनिक भइरहेको छ । यो केसमा शर्लिन चोपडा र पूनम पाण्डेको पनि राज कुन्द्रासँग कनेक्सन देखिएको छ ।

महाराष्ट्र साइबरको स्रोतका अनुसार यो केसमा नायिका शर्लिन चोपडा र पूनम पाण्डेको नाम आरोपीको रुपमा आएको थियो । उनीहरुको बयान महाराष्ट्र साइबरद्वारा दर्ता गरिएको थियो जहाँ कथित रुपमा दुबै नायिकाले कुन्द्राविरुद्ध आरोप लगाएका थिए । राज कुन्द्राले अघिल्लो वर्ष अदालतबाट अंतरिम जमानत पाएका थिए र जमानत निवेदनमा अन्तिम सुनुवाई यो महिनाको अन्तिममा हुँदै थियो ।

राज कुन्द्रासँग शर्लिन चोपडाको सम्झौताः


शर्लिन & राज

भारतीय सञ्चार माध्यमले स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘शर्लिन चोपडाको राज कुन्द्राको कम्पनी आर्म्सप्राइम मिडियासँग सम्भौता थियो । यो कम्पनीले भारत बाहिरका कम्पनीका केही एपका लागि अश्लील सामग्री उपलब्ध गराउने गर्दथ्यो ।’