प्रधानमन्त्री नियुक्ती प्रक्रिया सुरु गर्न विपक्षिको माग (विज्ञप्ती)

3 dal ko jhanda

बैशाख २७, काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधान अनुरुप नयाँ सरकार गठन र प्रधानमन्त्री नियुक्तीका लागि कांग्रेस, माओवादी केन्द्र र जसपाले राष्ट्रपति समक्ष माग गरेका छन् ।

सोमबार विज्ञप्ती जारी गर्दै संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्ती प्रक्रिया अगाडी बढाउन माग गरिएको छ ।

विज्ञप्तीमा शेर वहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ ।