तनहुँमा एक किशोरिको सामूहिक बलात्कार, २ पक्राउ, ३ जना फरार

file image

साउन ११, तनहुँ,

तनहुँको भानु नगरपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । घटनामा संलग्‍न अन्य ३ जना फरार रहेको प्रहरीले जनाएको छ ।

साउन ५,६ र ७ गते ती युवाहरुले किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय २४ वर्षीय अशोक गुरुङ र देवराज सुनारलाई पक्राउ गरिएको डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो।

पीडितले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनमा संलग्‍न अन्य ३ जना फरार रहेको डीएसपी तिमिल्सिनाले बताउनुभयो । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।